अभिमान सिंह बस्न्यात

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
श्री सेनाध्यक्ष
अभिमान सिंह बस्न्यात
Abhiman Singh Basnet.jpg
अभिमान सिंह बस्नेतको तस्बिर

नेपालको सेनापति
अग्रज : कालु पाँडे
व्यक्तिगत जानकारी
जन्म वि.सं. १८०१
गोरखा जिल्ला
मृत्यु वि. सं. १८५७
मोरङ जिल्ला
धर्म हिन्दु
सैनिक सेवा
युद्ध नेपाल एकिकरण

अभिमान सिंह बस्न्यात नेपाल एकीकरण पछिका पहिलो सैनिक कमाण्डर थिए ।[१] कीर्तिपुर कब्जा गर्ने क्रममा जनरल कालु पाँडेको मृत्यु भएपछि यिनी गोर्खा सेनाका प्रधान सेनापति बनाइएका थिए । उनले असनमा मान मन्दिर बनाएका थिए जो अहिले तिलङ्गा घर छ ।

सुरुवात[सम्पादन गर्ने]

उनको जन्म सेनापति बडावीर शिवराम सिंह बस्न्यात र शूरप्रभा थापा बस्न्यातको तेस्रो पुत्रको रुपमा भयो । उनका दाजुहरू नाहरसिंह बस्न्यात, केहरसिंह बस्न्यात र भाइ धोकलसिंह बस्न्यात हुन् ।

मृत्यु[सम्पादन गर्ने]

अभिमानसिंहलाई काला बन्जार क्षेत्र (हालको मोरङ र सुनसरी) क्षेत्र चढाईँ गर्न खटाइएको थियो । त्यहीँ ज्वरोको कारण उनको ५६ वर्षको उमेरमा वि.सं १८५७ मा निधन भयो । [२]

सन्दर्भ साम्रगीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोला[सम्पादन गर्ने]