खड्का

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
खड्का/खँड्का
जम्मा जनसङ्ख्या
३,३४,९८५[१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल
भाषाहरू
नेपाली भाषा
धर्मावलम्बी
हिन्दु धर्ममष्टो धर्म
सम्बन्धित जातीय समूह
कार्की, थापा, बस्नेत

खड्का वा खँड्का नेपालको विभिन्न स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपाली क्षेत्रीहरूको थर हो । उनीहरू आर्य समुदायका हुन् । प्राय सतारुढ क्षेत्रीय वर्गका रुपमा जमिनदार, मुखिया, काजी, जिम्मल र पञ्च जस्ता उच्च पदस्थ पारिवारिक वर्ग हुन् ।

ऐतिहासिक कथन अनुसार खड्का गोरखा राज्यको राजाहरू भएको देखिन्छ । राजा द्रव्य शाहले खड्काहरूको राज्यमाथि मगर सेना र स्थानियहरूको सहयोगले हड्पेका थिए । कालिकोटे खड्काहरू पनि कालिकोट राज्यका राजा भएका र उक्त राज्यबाट उनीहरूको नाम कालिकोटे निर्धारित भएको हो ।

खड्काहरू विभिन्न प्रकारका छन् । कालिकोटे खड्का, पुँवर खड्का, लकाई खड्का, खबतरी खड्का, खुलाल खड्का, महाराजी खड्का, बुढथापा खड्का, पाल्पाली खड्का, सुबेदी खड्का, आठभैया खड्का, महाराउत खड्का, लामिछाने खड्का, बरभैया खड्का, आदि खड्का प्रकारहरू हुन् ।[२]

कालिकोटे खड्का[सम्पादन गर्ने]

कालिकोटे खड्काहरू अन्य कालिकोटेझैं आत्रेय गोत्रका हुन् ।[३] उनीहरू ऐतिहासिक कालिकोट राज्यका राजा हुन् । उनीहरूमध्ये केहीले आफ्नो थर कालिकोटे मात्र लेख्छन् ।

पुँवर खड्का[सम्पादन गर्ने]

पुँवर खड्काहरू कपिल गोत्रका हुन् ।[२]

खुलाल खड्का[सम्पादन गर्ने]

खुलाल खड्काहरू अन्य खुलालझैं धनञ्जय गोत्रका हुन् ।[३]

लकाईं खड्का[सम्पादन गर्ने]

लकाईं खड्काहरू भारद्वाज गोत्रका हुन् ।[३]

खबतरी खड्का[सम्पादन गर्ने]

खबतरी खड्काहरू अन्य खपतरीझैं कौशिक गोत्रका हुन् ।[३]

उल्लेखनीय खड्काहरू[सम्पादन गर्ने]

सन्दर्भ साम्रगी[सम्पादन गर्ने]

बाह्य कडी[सम्पादन गर्ने]

यो पनि हेर्नुहोला[सम्पादन गर्ने]