खरमुजुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(खरमयुर बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
खरमुजुर
भाले (उभिएको) र पोथी
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Chordata
वर्ग: एभ्स
गण: Gruiformes
परिवार: Otididae
वंश: Houbaropsis
Sharpe, 1893
प्रजाति: H. bengalensis
वैज्ञानिक नाम
Houbaropsis bengalensis
(Gmelin, 1789)
पर्याय

Eupodotis bengalensis (Gmelin, 1789)

भारतको आसामको आकाशमा उडिरहेको भाले

खरमुजुर अथवा खरमयुर नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा बेङ्गाल फ्लोरिक्यान (Bengal Florican) भनिन्छ । खरमयूर कालो सेतो छिर्विरे रंगको र घाँसकै रंगसँग मिल्दोजुल्दो हुन्छ। सिरु अथवा खरको झाडीमा बस्न रुचाउने खरमयूर नेपालमा तराईको सिमसारमा पाइन्छ । कोसीटप्पु वन्यजन्तु आरक्ष खरमुजुरका लागि विश्वकै लागि महत्त्वपूर्ण स्थानका रूपमा चिनिएको छ । घाँसे मैदानमा पाइने लामा खुट्टा, मजबुत शारीरिक बनावट, लामो घाँटी र टाउकोमा कल्कीजस्तो देखिने खरमयुरका पोथी र बच्चा खैरा हुन्छन् । प्रजनन समयका बयस्क भाले प्रायः काला देखिन्छन्, जसको पखेटा भने सेता हुन्छन् ।

खरमयूर बच्चा कोरल्ने बेला नेपाली भु-भागमा देखिए पनि त्यसपछि आउने हिउँदवर्षातमा नेपालबाट प्रायः हराउँछन्। त्यसैले यो नेपालका लागि आगन्तुक च‍रामा गनिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. BirdLife International (२०१२), "Houbaropsis bengalensis", IUCN Red List of Threatened Species. Version 2012.1, International Union for Conservation of Nature, अभिगमन मिति १६ जुलाई २०१२ 

बाहिरी कडीहरू[सम्पादन गर्ने]