खाँदबारी नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(खांदबारी बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
खाँदवारी नगरपालिका
Sankhuwasabha district location.png
खाँदवारी नगरको एक दृश्य
स्थापना : वि.सं. २०३९ वैशाख १५ गते
अञ्चल: जनकपुर
जिल्ला: महोत्तरी
क्षेत्रफल: ४४ दशमलव २६ बर्ग कि.मी.
जनसंख्या: 58,549
वडा संख्या: 12
भौगोलिक अवस्थिति: मद्येश
मेयर: रामशंकर मिश्र
टेलिफोन कोड: 044
वेबसाईट: http://jaleshwormun.gov.np
 हे  वा  सं 


खाँदवारी नगरपालिका सङ्खुवासभा जिल्लाको सदरमुकाम तथा उक्त जिल्लामा रहेको एक मात्र नगरपालिका हो। संखुवासभा जिल्लाको ऐतिहासिक बजार चैनपुरमा पहिले यस जिल्लाको सदरमुकाम रहेको थियो। वि. सं. २०३१ सालमा सदरमुकाम खाँदवारी बजारमा सारिएको हो

हाल सदरमुकाम स्थित पोखरी भनिने खुल्ला स्थानमा आज भन्दा २०-२५ वर्ष अगाडिसम्म पनि एउटा पोखरी रहेको थियो। त्यस पोखरीको वीचमा एक थुम्को रहेको र त्यस थुम्कोमा सिमलीको ठूलो रुख रहेको थियो। गोर्खाली सैनिकहरूले एकिकरणताका भोट प्रदेशको सैर गरि फर्कंदा पोखरीवीचको थुम्कामा पूजाआजा तथा वढाई गरि रगत लागेका तरवार खुँडा आदि धोईपखाली गरेकोले उक्त स्थानलाई खुँडावारी भनिने गरिन्थ्यो। यही शब्दको अपभ्रंश भएर खाँडवारी हुँदै खाँदवारी भएको हो भन्ने जनश्रुति पाइन्छ। त्यस्तै पौराणिक किंवदन्ती अनुसार हालको सदरमुकाम रहेको खाँदबारी बजारमा पहिले एक ठूलो पोखरी थियो। जहाँ अर्ना हाँसहरू बसोबास गर्दथे। पहिले पहिले यस ठाउँमा स-साना राज्यहरू भएको पाइन्थ्यो। यिनीहरू एक आपसमा लडाईं गरी आफ्नो हतियार खाँडो उक्त पोखरीमा पखाल्ने पोखरी खाँड पोखरी हुँदै गयो र हालको नाम खाँदबारी रहन गएको हो। विस्तार-विस्तार जनसंख्या बढ्दै गयो र हाल उक्त पोखरी पुरिईसकेको छ र जसको चारैतिर पसल र घरहरू छन्।



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]