खुल्ला डाटा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

खुल्ला डाटा खुलेर प्रयोग, पुनः प्रयोग र जोकोही द्वारा पुनः वितरण गर्न सकिने डाटा हो - बढिमा मुल स्रेात उल्लेख गर्ने र मुल स्रेात जसरि नै वितरण हुनुपर्ने गरि।

सबैभन्दा महत्त्वपूर्ण संक्षेपत प्रस्तुत गर्न, पूर्ण खुल्ला परिभाषाले सटीक विवरण र त्यसको मतलब दिन्छ।

  • उपलब्धता र पहुँच: डाटा पूरा उपलब्ध हुनु पर्दछ, पुनः उत्पादन मुल्य भन्दा बढी लिनुहुन्न र इन्टरनेटबाट डाउनलोड गर्नुलाई प्राथमिकता दिइनुपर्दछ। डाटा सजिलो र परिमार्जन गर्न मिल्ने गरि उपलब्ध हुनु पर्दछ ।
  • पुन: प्रयोग र पुन: र्वितरण: डाटा पुन: प्रयोग, पुन: र्वितरण र अरु संकलित डाटाहरु संग मिसाउन मिल्ने गरि अनुमति दिने सर्तहरू अन्तर्गत प्रदान गरिनु पर्दछ।
  • विश्वव्यापी सहभागिता: सबैले प्रयोग, पुन:र्प्रयोग र पुन:र्वितरण गर्न पाउनु पर्नेछ र कसैको कामको पृष्ठभूमि वा कुनै व्यक्ति वा समूहलाई कुनै किसिमको भेदभाव हुनुहुन्न। जस्तै ‘गैर-व्यावसायिक’ रोक्न भनेर ‘व्यावसायिक’ प्रयोग प्रतिबन्ध लगाउने, केही उद्देश्य को लागि प्रतिबन्ध लगाउने उदहारणमा “शिक्षा लागि मात्र“ भन्ने हुनुहुन्न।

किन खुल्ला डाटा[सम्पादन गर्ने]

खुल्ला डाटा, विशेष गरि खुल्ला सरकारी डाटा, धेरै हदसम्म प्रयोग नगरिएको एकदमै ठूलो स्रोत हो। धेरै व्यक्ति र संघसंस्थाहरूले आफ्ना कार्यसञ्चालनका निमित्त वृहद प्रकारका डाटाहरू सङ्कलन गर्छन्। सरकारले सङ्कलन गर्ने डाटाको मात्रा धेरै र केन्द्रीकृत भएकाले साथै प्राय जसो सरकारी डाटा कानुनत: सार्वजनिक डाटा हुने भएकाले यस सन्दर्भमा सरकार अझ महत्त्वपूर्ण छ। यो किन चासोको विषय हो ?

यस्तै धेरै क्षेत्र छन् जहाँ हामी खुल्ला डाटाको महत्त्व हुने आशा राख्न सक्छौ र जहाँ पहिले देखिनै खुल्ला डाटा प्रयोग गरिएका राम्रा उदाहारणहरू पनि छन्। यहाँ धेरै विभिन्न व्यक्ति र संगठनहरू छन् जसले खुल्ला डाटाको उपलब्धताबाट धेरै लाभ उठाउन सक्छन जसमध्ये सरकार आफैपनि एक हो। सँगसँगै भबिष्यमा कसरी र कहाँ सही तरिकाले खुल्ला डाटाको महत्त्व वा मूल्य बनाउन सक्छौ भन्ने कुराको अनुमान गर्न असम्भव छ। नवीनता को प्रकृति अनुरुप विकासक्रम अक्सर असम्भाव्य स्थानबाट आउँछ।

खुल्ला सरकारी डाटाले मूल्य र महत्त्वसिर्जना गर्ने क्षेत्रहरूको संख्या एकदमै ठूलो रहेको छ। तीमध्ये केही क्षेत्रहरू यसप्रकार छन्:

  • पारदर्शिता र लोकतान्त्रिक नियन्त्रण
  • सहभागिता
  • आत्म-सशक्तिकरण
  • सुधारिएको वा नयाँ निजी उत्पादन र सेवा
  • नवीनता
  • सरकारी सेवाहरूको कार्यकुशलता सुधार
  • सरकारी सेवाहरूको प्रभावकारिता सुधार
  • नीतिहरूको प्रभाव मापन
  • संयुक्त डाटा स्रोतहरूबाट नयाँ ज्ञान र ठूलो मात्राका डाटामा नयाँ स्वरुपहरू