जाट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जाडु/जाट/जड/प्रमुख अन्तर्गतका शाखा सन्तान मानिने प्रमुख शाखाकाहरुलाई जड भन्दै गर्दा जाडको अपभ्रम्स हुँदै जाडु तथा जाट भनिन थालियो[१] । डडेल्धुरा जिल्लाको अजयमेरुमा रहेको वेताल थानमा “जाड/जाट” का पालामा जाटले चढाएका तमामौ पञ्चधातुका सम्पत्ति छ । अजयमेरुकोट क्षेत्रका वैदिक देवताका उच्च कोटीको कलाकृति र दरवार पनि जाटले बनाएको भन्ने किवदन्ती पाईन्छ । वैतडी रौलेश्वर संस्कृति र वैदिक देवता रौलाकेदार पनि जाटसँग सम्बन्धित छ । कुमाउ-गडवाल देखि डोटी क्षेत्रमा निर्मित प्राचीन इतिहास उच्च कोटीको सभ्यता झलक्ने वैदिक देबी-देवताका देवलहरु- देवालयहरु कोट सहित निर्माणका कार्य जाट राजाहरुले गराएको मान्यता छ | कत्यूरलाई अयोध्याका रघुवंशी राजाको मूलवंश तथा जडको राज्य भएको कारण जड तथा जाडकत्युरीभन्ने गरिन्छ । कुमाऊँ गढवालमा राजपाल “जाट” थिए । राजपाललाई जाट भनिएको छ । केदारखण्डमा जोशीमठ र मन्दाकिनीनदी नजिकै रहेको गोविन्दघाट सिखहरुको तीर्थस्थल हो । जाट तथा सिख भनिनेहरु प्राचीन कालका कट्टर हिन्दूहरुका वंशज थिए । भारतवर्षमा मुसलमानहरुको अत्याचार अत्यधिक भएका कारण मुसलमानहरुको प्रतिकार गर्ने प्रतिज्ञा गरेर युद्ध अभियानको मोर्चामा हिन्दूहरुको एक संगठन संगठीत भयो । मुसलमानहरुको एक मुसलमान धर्म भन्ने अभियानलाई चुनौती दिँदै एक मुसलमान हुँदैनकी हामीले जिते हिन्दू र मुसलमान धर्म हुन्छ । हारेको खण्डमा हिन्दू, मसुलमानमा एक नयाँ गुरु नानकले चलाएको सिखधर्म थपेर तीन वटा धर्म रहने छ भनि गुरु नानककै निर्देशन अनुसार युद्धको अभियानमा लागेकाहरुबाट मुसलमानलाई पराजितगर्न नसकेपछि केश, काइँयो, कङ्कण, कृपाण र कछाड साथै राख्ने सिख तथा सरदार धर्मालम्वी भएर रहेकाहुन । सिखहरुको इतिहासमा केदारनाथ क्षेत्रमा रहेको गोविन्दघाटमा राजा लोकपालको आगमन भएको र गुरु नानाक पातालीपुत्राबाट गयाँ नगई सिधै गोविन्दघाट आएका थिए । सिखधर्मालम्वीहरुका अनुसार गोविन्दघाट भन्ने स्थानमा सुनको चुरा खसेको थियो । यसबाट राजा गोविन्दराय धेरै दुःखित भए । गोविन्दघाट तथा गोडीयाघाटका गोडियाले मन्दाकिनी नदीमा जाल हान्यो र त्यही जालमा कार्तिकेय (मोहन्याल) देवता लागे त्यहाँबाट मोहन्याल(कार्तिकेय) कार्तिकेयपुर राज्यमा ल्याएको भनिन्छ । यो कुरा सिखहरुसँग पनि केही मात्रामा मिल्न जान्छ । गोडियाघाट÷गोविन्दघाटमा सिखहरुले एक ठूलो गुरुद्वारा निर्माण गरेकाछन् । पातालीपुत्रा गुप्त राजखान्दानका राजाको प्रमूख दरवार रहेको स्थल हो । सिखहरुका गुरु नानाक पाताली पुत्राबाट आएका थिए भन्ने कुरा सिखहरुको इतिहासमा उल्लेख छ । गुरुनानकको सम्बन्ध पातालीपुत्रा दरवारसँग के थियो, किन उनी पातालीपुत्राबाट आएका थिए ? मोहन्याल (कार्तिकेय) देवता ५२ दलबलको धनी खापरे (तारकासुर)पनि ५२ दलवलको धनी खापरेसँग लड्दा लड्दा नसकिए पछि सुर्खेत गएर भैरववेताल देवता ल्याई ५३ दलवल बनाए पछि मात्र खापरेलाई मार्न र सेतीनदी कटाई पूर्व धपाउन सकिएको थियो भन्ने किवदन्ती छ । मोहन्यालसँग लड्ने खापरेको दलबललाई दानव राक्षस भन्ने गरिन्छ । उता गढवालमा के भनिएको छ भने ५२ ग्रह्अपराधी सामान्य तुच्छहरुको राज्यलाई ग्रह्मुक्तेश्वर राजा अजयपालले जितेर गढवाल राज्य स्थापना गरेका थिए । डडेल्धुराको अजयमेरकोट पनि अजयपाल राजाले निर्माण गरेका थिए । डोटी खोलामा रहेको अजयपाल राजाको अभिलेखले पनि यही कुरा भन्दछ । गढवाल पनि अजयपालको राज्य थियो । गोविन्दघाटबाट केदारनाथ जाने बाटोमा रहेको श्रीनगर राजा अजयपालले बसाएका थिए । अंकपाल क्षत्रिय सूर्यवंशी(रघुवशी) खान्दानका उज्जैन क्षेत्रका गुजराती थिए । यी पनि गढवाल चाँदपुरगढका राजा थिए । कत्यूरीहरुले कुमाऊँ र गढवालमा कार्तिकेयपुर राज्यमुकामबाट राज्य गरेका थिए भन्ने कुरा चीनीयाँ यात्री ह्युनसाङ्गले पनि उल्लेख गरेका छन् । उज्जैन,पातालीपुत्रबाट कुमाऊँ कार्तिकेयपुर हुँदै शौनक गोत्रीय रघुवंशी पाल राजासँग डडेल्धुरा आएको “जाडु” भनिने जाडु भट्ट ब्राह््मणका पूर्वज वेताल भट्ट थिए । वेताल यिनका कुलकै देवता हुँन्् । यिनले वेताल देवताको करले डडेल्धुरा अजयमेरु बजिमोडा छोड्न सकेका छैनन् । डडेल्धुरामा वेताललाई कुलदेवता वताउने अरु पनि धेरै छन् । यस प्रकारका विषयहरुले जाट अन्तरगतका जाटकत्यूरबाट आएका कत्युरी पालराजा र कत्युरी ब्राह्मण भन्ने कुरालाई स्पष्ट गर्दछ । कुमाऊँ गढवालमा दधिचि ऋषीका वंशजको दाविगर्ने ब्राह्मणपनि जाट/जाडु छन् । गढवालमा राज्यगर्ने पालहरुपनि जाट थिए । काँकडा, हिमाञ्चल प्रदेशको नगरकोटका राजा सूर्यवंशी यिनै जाट अन्तरगतका पाल राजा थिए । यस नगरकोटमा अग्नीगर्व रहन्थे । यस खान्दान अन्तरगतका राजा गुलावसिह भए । यस लगतै महाराजा रंन्जीत सिह भए । यी राजाहरु सिख शासक भनिए पनि रघुवंशी राजा थिए । यस राज्यको सिमाना वर्तमानको जम्मु र काश्मीरसम्म थियो । यिनको राजधानी सैलकोटमा पनि रहन गएको थियो । प्रमुख जग वा फेदलाई जड भन्ने चलन छ । जडबाट जाडु भएको भने सत्य हो । यी आधारहरु केलाउँदा राजा अजयपाल रघुवंशी(सूर्यवंशी) जाट पाल थिए । त्यसैले यस खान्दानका प्रमुखलाई पनि जाट तथा जाडु भनिएको हो ।

  • डोटी वोगटानमा स्वामी कार्तिकेय (मोहन्याल) देवताका करीला ठकुरी जाट/जाडु छन् ।
  • डडेल्धुरामा वेताल देवताका करीला ब्राह्मण जाट/जाडु छन् ।

त्यसैले यिनीसँग सम्बन्धित प्रमाणहरु उज्जैन, कुमाऊँ–गढवाल, कत्यूरसँग सम्बन्धित भेटिन्छन । कालिदास दक्षिणभारतको उज्जैन राज्यमा रहने गर्दथे । उनले उज्जैनमा बसेर रघुवंश महाकाव्य लेखेका थिए । कालिदासको सम्बन्धमा उज्जैनको इतिहासले भनेको छ की “महाकवि कालिदास विक्रमादित्यकी सभाके प्रमुखरत्न माने जाते हैं ।” खशराजा अशोकचल्लको गडवाल गोपेश्वर अभिलेख अनुसार “अशोकचल्ल वेतालका राजा विक्रमादित्य जस्तै दानवभूतलका राजा हुनु हुन्छ” भनिएको छ । पृथ्वीमल्लको शाके १२७९को ताम्रपत्रमा “विरवेतालको राजा विक्रमादित्य” भनिएको छ । डोटी वोगटानका शक्तिशाली देवता स्वामी मोहन्याल(कार्तिकेय)का वीरहरु

  • विरवेताल,
  • अग्निवेताल,
  • घोडेवेताल,
  • वायुवेताल,
  • सिगारीवेताल,
  • भैरौवेताल सहितका वेतालहरुछन् । यी वेतालहरु मोहन्यालको अनुमतिलिएर मोहन्यालसँगै जाँतको पर्वमा नाँच्ने गर्दछन् । मोहन्यालले आफू पछिको स्थान (प्रधानमन्त्री)वेताललाई दिएको छ । मन्त्री, सेना, प्रहरीको स्थान कैलपाल, अलडो, सहितका देवतालाई दिएको छ । पृथ्वीमल्लको शाके १२७८को ताम्रपत्रमा वेतालका कोलाहल भनिएको छ । वेताल कुलदेवता मान्ने कोलाहल(कोलाल/कलेल) भनिनेहरु वोगटानका राजासँगै रहेका छन् । यो जाति युद्धमा अगाडि अगाडि हिड्ने र प्रहारगर्ने, युद्धध्वंशगर्ने जिम्मेवारी पाएको जाति हो । यिनलाई युद्धकै लागि कत्यूरी पाल राजाका वंशजका राजपूत(ठकुरी)ले भाइ मानेको छ । यस्तै श्री मोहन्याल बाबाका धामी र भँराणी रहेका उज्जैनबाट कुमाऊँ आएका शौनक गोत्रीय ताडी क्षेत्रीहरुका कुलदेवतापनि वेताल हुँन् । कत्यूरी राजासँगै तत्कालीन डोटीक्षेत्र प्रवशगर्ने डडेल्धुराका कश्यप गोत्रीय जाडु भाट (भट्ट) र वशिष्ठ गोत्रीय नौलाकोटी पनेरुका कुलदेवतापनि वेताल हुँन् । वेतालसँग सम्बन्धित ब्राह्मण, क्षेत्री धेरै छन् । यसर्थ यी राजा, ब्राह्मण, क्षेत्री सहितकाहरुसँग विक्रमादित्यको इतिहास जोडिएको छ । कत्यूरी राज्यको इतिहास जोडिएको छ । वेताल,कार्तिकेय (मोहन्याल)को इतिहास जोडिएको छ । हात्ती,घोडा,तालिम प्राप्त सैन्यगणले गर्दा गुप्तवंशका राजा चन्द्रगुप्त (विक्रमादित्य) राजा भारतमा शक्तिशाली सम्राट राजाको रुपमा स्थापित थिए । यही वंशजको प्रमुख शाखा कुमाऊँ गढवालको कार्तिकेयपुरी राज्यमा राज्य गर्ने कत्युरी राजवंश थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०),
"https://ne.bywiki.com/w/index.php?title=जाट&oldid=639864" बाट निकालिएको