विकिपिडिया

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
विकिपिडिया
A white sphere made of large jigsaw pieces. Letters from several alphabets are shown on the pieces
Wikipedia wordmark
विकिपिडियाको लोगो
साइटको प्रकार
इन्टरनेट इन्साइक्लोपीडिया
उपलब्ध भाषा २९० सक्रिय संस्करण (जम्मा २९९)
मालिक विकिमिडीया फाउण्डेसन
सृष्टि कर्ता जिम्मी वेल्स, ल्यारी स्याङ्गर
नारा एक स्वतन्त्र विश्वकोष जसलाई सबैले सम्पादन गर्न सक्दछन
वेबसाइट wikipedia.org
अलेक्सा क्रम steady(जनवरी २०१८)[१]
व्यावसायिक हैन
दर्ता अतिरिक्त, तर खाता बनाउदा सुरक्षित गरिएका पृष्ठहरुलाई संपादन गर्न मिल्ने
प्रयोगकर्ता ४,६९,३२४ सक्रिय योगदानकर्ता (अगष्ट २०१७),[२] ३७,०४३ जम्मा खाता
आरम्भ जनवरी १५, २००१ (2001-01-15) (१७ वर्ष अघि)
वर्तमान अवस्था सक्रिय
सामग्री इजाजतपत्र
सीसी एट्रीब्युसन / शेयर-अलाईक ३.०

विकिपिडिया[३] (अङ्ग्रेजी: Wikipedia) बहुभाषी वेबमा आधारित स्वतन्त्रखुला ज्ञानकोश हो। विकिपिडिया शब्द विकि (wiki, धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) र ईन्साइक्लोपीडिया (encyclopedia) जोडिएर बनेको हो। विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छन। यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जो कोहीले पनि संशोधन,परिवर्तन र परिमार्जन गर्न सक्छन्। विकिपिडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टर्‍ड्याम र सउलमा छन्। विकिमिडीया फाउण्डेसन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपिडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपसडियामा पहुँच भएका जोकसैले पनि परिमार्जन गर्न सक्छ। सन् २००१ मा जिम्मी वेल्सलारी स्यान्गरले यसको शुरुवात गरेका थिए। हाल यो ईन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामाग्री बन्न पुगेको छ। नेपालमा पनि विकिपिडियाको स्थापनाकाल देखि नै प्रयोग हुँदै आएको पाईन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोकसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने ६ ईन्टरनेट साइट मध्ये यो पनि एक हो।[१]

सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने विकिपिडियाले अहिलेसम्म आफ्नो पेजमा कुनैपनि व्यावसायिक विज्ञापन राखेको छैन। विना विज्ञापनका सामाग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ। विकिपिडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी (Volunteer) हुन्। विकिपिडियामा विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको संख्या अहिले दशौं लाख पुगेको छ।

नेपालमा विकिपिडिया

नेपालमा सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरू गरिएको हो। हाल नेपाली भाषामा ३०,४९७ वटा साना-ठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भने ५० हजार भन्दा बढी छन्। नेपाली विकिमा हालसम्ममा ३७,०४३ प्रयोगकर्ताहरू (Users) दर्ता भएका छन् जसमध्ये सक्रिय प्रयोगकर्ताहरू सरदर ११० जना सक्रिय रहन्छन्। अहिले नेपाली विकिपिडियामा १० जना प्रबन्धकहरू छन् जसमध्ये हाल २ जना विदेशमा र ८ जना नेपालमा बसेर नेपाली विकिपिडियाका सामाग्रीहरू सम्पादन तथा व्यवस्थित गर्ने कार्यमा सरिक रहेका छन्। विकिपिडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषाहरूमा पनि पेजहरू उपलब्ध छन्। जस्तै नेपाल भाषा, भोजपुरी भाषा, मैथली भाषा पाली भाषा, डोट्याली भाषा

विकिपिडिया लगायत विभिन्न विकि परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नका साथै अन्य स्रोत सामाग्रीहरूको व्यवस्था गर्नका लागि विकिमिडीया फाउण्डेसन नामको संस्था कार्यरत रहेको छ। त्यसको नेपाल च्याप्टरको रूपमा विकिमिडिया नेपाल नामक संस्था स्थापनाको लागि प्रस्ताव गरी प्रक्रिया अघि बढाईएको छ। यसले नेपालमा बोलिने सबै भाषाका विकिहरूको प्रवर्द्धन तथा विकासका लागि सहयोग गर्दछ। यस संस्थाले कुनैपनि लेखमा नेपाल सम्बन्धि विवाद आईपरेमा त्यसको निवारण गर्ने कार्य समेत गर्नेछ।

विकिपिडिया जेरो

विकिपिडिया फाउन्डेसन र मोबाइल सेवा प्रदायकबीच सम्झैता भइ इन्टरनेट उपभोक्तालार्इ नि:शुल्क रूपमा विकिपिडिया पहुँच गर्न दिने परियोजना ।

विकिपिडियाका शाखाहरू

विकिपिडियामा विभिन्न शाखाहरू छन्। जस्तो कि विक्सनरी विक्सनरी, खुला पुस्तक विकिपुस्तक, विकि विश्वविद्यालय(विकिभर्सिटी), विकिसमाचार(खुला समाचार), विकि प्रजाति, कमन्स, कथन(उक्ति संग्रह) आदि। नेपालीमा हाल विक्सनरी र विकिपुस्तक मात्र सञ्चालनमा छन्। यद्यपि बाँकी विषयमा पनि योगदान गर्न सकिने अवस्था छ। तपाइँ पनि विकिपिडियामा सम्पादक बन्ने होइन? हो भनें तपाईंको जानकारीमा भएका र तपाईंका रूचिका विषयहरूमा लेख लेख्न वा भएका लेखलाई सम्पादन गर्न निमन्त्रणा छ।

सन्दर्भ सामग्री

  1. १.० १.१ "अलेक्सा क्रम", अभिगमन मिति अक्टोबर २०१७ 
  2. "विकिपिडिया तथ्यांक", अभिगमन मिति अगष्ट २०१७ 
  3. अङ्ग्रेजी शब्द Wikipedia मा 'P' मा दीर्घ रुपमा उच्चारण गरिने भएकाले, "पी" भएको

यो पनि हेर्नुस्

बाह्य श्रोत