विकिपिडिया:प्रमुख लेख

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
प्रमुख लेख
यस महिनाको प्रमुख लेख (अप्रिल, २०१८)
Cscr-featured.svg

नेपाली विकिपीडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई मासिक रुपमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । नेपाली विकिपीडियामा हाल ३०,४९९ लेखहरू छन् जस मध्येबाट ६८ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेको छ । नेपाली विकिपीडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ । कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन् । यदि तपाईले प्रमुख लेखमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्दछु ।

लेखको माथि दाँया तिर पहेलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ ।

यदि प्रमुख लेख सम्बन्धमा तपाईको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौं ।

कवि पोखरेल सन् २०१० मा नयाँ दिल्लीमा भएको सार्क साहित्य सम्मेलनमा आफ्नो रचना वाचन गर्दै

सुमन पोखरेल (जन्म सन् १९६७, सेप्टेम्बर २१) नेपाली कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकार हुन् । उनका रचनाहरू विभिन्न भाषामा अनुवादित भई अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित भएका छन् । सुमन पोखरेल एक महत्वपूर्ण दक्षिण एसियाली कविका रूपमा चिनिन्छन् । उनी सन् २०१३ तथा सन् २०१५ को सार्क साहित्य पुरस्कारद्वारा विभूषित भएका छन् । सो पुरस्कार दुई पटक प्राप्त गर्ने उनी एक मात्र कवि/लेखक हुन् । नेपालीका अतिरिक्त अङ्ग्रेजी, मैथिली, हिन्दी, उर्दू तथा बङ्गाली भाषाहरूमा पकड भएका पोखरेलले बहुभाषामा कलम चलाएका छन् । उनका नेपालीमा दुईवटा कवितासङ्ग्रह तथा एउटा गीतसङ्ग्रह प्रकाशित छन् । उनका गीतहरू विभिन्न गायकका एल्बममा समावेश भएका छन् । पोखरेलका अनुवाद तथा केही निबन्ध विविध सङ्कलनहरूमा समाविष्ट रहेका तथा विभिन्न पत्रिकाहरूमा प्रकाशित भएका छन् । पोखरेलद्वारा लिखित नाटक नेपालबाहिर प्रदर्शित भइसकेको छ । उनी चित्रकारमा रूपमा पनि सक्रिय रहेका छन् । (पूरा लेख...)

मे, २०१८ को प्रमुख लेख

रामानुजाचार्यको तस्वीर

रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा श्रीसम्प्रदायका आचार्य थिए। उनको भक्ति परम्पराको धेरै प्रभाव रहेको छ। वेदान्त दर्शनपरम्परामा विशिष्टाद्वैत मतका प्रवर्तक हुन। उपनिषद, भगवदगीता एवं ब्रह्मसूत्रलाई आदि शंकराचार्यको अद्वैतपरक व्याख्यालाई प्रतिपादको रूपमा रामानुजले विशिष्टाद्वैत दर्शनको प्रतिपादन गरेका थिए । उनको समयमा जैन धर्मबौद्ध धर्मको प्रचारको कारण वैष्णव धर्म संकटग्रस्त थियो। रामानुजले त्यो संकट सफलतापूर्वक प्रतिकार गरे । वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यका कुरेश आदि प्रमुख पाँच शिष्य थिए । त्यस्तै अन्य प्रसिद्ध रामानन्द पनि रामनुजाचार्यको शिष्य परम्परामा थिए र उनका शिष्य स्वामी नारायण थिए । रामानुजाचार्यले वेदांतका अतिरिक्त सातौं - दशौं शताब्दीका रहस्यवादी एवं भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा दक्षिणको पंचरात्र परम्परालाई आफ्ना विचारको आधार बनाएका थिए । रामानुजाचार्यले मोक्षको लागि जुन मन्त्र सार्वजनिक गर्न निषेध गरिने परम्परा थियो त्यसलाई उनले खण्डन गरि त्यो परम्परा समाप्त गरेका थिए । उनले भनेका थिए मन्त्रले कष्टनाश हुन्छ भने त्यो कुनै एकको लागि होइन त्यो सबैको अधिकार हो । रामानुजाचार्य धेरै परोपकारी सन्त थिए । (पूरा लेख...)



सम्पादन
प्रमुख लेख शिर्षक सूची

धार्मिक स्थल पर्व तथा दिवस स्थान व्यक्तित्व विधा तथा भाषा संघ तथा संस्था पर्यटन इतिहास समसामयिक खेलकुद

धार्मिक स्थल

अमरनाथ मन्दिर जानकी मन्दिर पशुपतिनाथ मन्दिर छिन्नमस्ता भगवती गङ्गा नदी हरिमन्दिर साहिब बौद्धनाथ कनकाई धाम कोटीहोम


पर्व तथा दिवस

इन्द्रजात्रा कुशे औंसी गाईजात्रा घटस्थापना छठ तीज दशैं बसन्त पञ्चमी माघे सङ्क्रान्ति श्रावण शुक्ल पूर्णिमा सोह्र श्राद्ध कृष्णाष्टमी होली

स्थान

धनकुटा जिल्ला इलाम जिल्ला कोशी टप्पु वन्यजन्तु आरक्ष दार्जीलिङ दैलेख जिल्ला बैतडी जिल्ला कृतिखम्बा दोलखा जिल्ला झापा जिल्ला हुम्ला जिल्ला टोक्यो मोरङ जिल्ला

व्यक्तित्व

सुमन पोखरेल झमक घिमिरे भानुभक्त आचार्य महात्मा गान्धी मोतिराम भट्ट लक्ष्मीप्रसाद देवकोटा सचिन तेन्दुलकर दीपिका पादुकोण क्षेत्रप्रताप अधिकारी नारायणगोपाल गुरूवाचार्य लियोनेल मेस्सी राजेश हमाल भीमसेन थापा मिला कुनिज अन्ना हजारे स्वामी विवेकानन्द मुकेश अम्बानी क्रिस्टियानो रोनाल्डो सुमन पोखरेल रामानुजाचार्य

विधा तथा भाषा

आयुर्वेद नेपाली भाषा मैथिली भाषा

सङ्घ तथा संस्था

दक्षिण एशियाली सहयोग सङ्गठन स्थानीय तह

पर्यटन

बृहत हिमालय पदमार्ग सगरमाथा चितवन राष्ट्रिय निकुञ्ज शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

इतिहास

सुगौली सन्धि नालापानीको युद्ध

समसामयिक

जलवायु परिवर्तन न्यायपालिका नेपालको संविधान २०७२

खेलकुद

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची