विकिपीडिया:प्रमुख लेख

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
प्रमुख लेख
यस महिनाको प्रमुख लेख (जनवरी, २०१८)
Cscr-featured.svg

नेपाली विकिपीडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई मासिक रुपमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ । नेपाली विकिपीडियामा हाल ३०,३४१ लेखहरू छन् जस मध्येबाट ६४ लेखहरू प्रमुख लेखको लागि छनौट भइसकेको छ । नेपाली विकिपीडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ । कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन् । यदि तपाईले प्रमुख लेखमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्दछु ।

लेखको माथि दाँया तिर पहेलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ ।

यदि प्रमुख लेख सम्बन्धमा तपाईको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौं ।

संविधान

नेपालको संविधान २०७२ नेपालको विद्यमान संविधान हो । यो नेपालको संविधान सभाले बनाएको हो । यो जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गरेको हो । साथै नेपालकै इतिहासमा जनता माझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । नेपालको तराई क्षेत्रका केही जिल्लाहरूमा यस विरुद्ध आवाज उठाइए पनि यो संविधान नब्बे प्रतिशतभन्दा बढीको बहुमतमा राष्ट्रपतिबाट घोषणा गरिएको हो । यो संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाट प्रमाणित गरिएको थियो । संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो । यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन् । संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राज्य घोषित गरेको छ । (पूरा लेख...)




सम्पादन
प्रमुख लेख शिर्षक सूची

धार्मिक स्थल पर्व तथा दिवस स्थान व्यक्तित्व विधा तथा भाषा संघ तथा संस्था पर्यटन इतिहास समसामयिक खेलकुद

धार्मिक स्थल

अमरनाथ मन्दिर जानकी मन्दिर पशुपतिनाथ मन्दिर छिन्नमस्ता भगवती गङ्गा नदी हरिमन्दिर साहिब बौद्धनाथ कनकाई धाम कोटीहोम


पर्व तथा दिवस

इन्द्रजात्रा कुशे औंसी गाईजात्रा घटस्थापना छठ तीज दशैं बसन्त पञ्चमी माघे सङ्क्रान्ति श्रावण शुक्ल पूर्णिमा सोह्र श्राद्ध कृष्णाष्टमी

स्थान

धनकुटा जिल्ला इलाम जिल्ला कोशी टप्पु वन्यजन्तु आरक्ष दार्जीलिङ दैलेख जिल्ला बैतडी जिल्ला कृतिखम्बा दोलखा जिल्ला झापा जिल्ला हुम्ला जिल्ला टोक्यो

व्यक्तित्व

झमक घिमिरे भानुभक्त आचार्य महात्मा गान्धी मोतिराम भट्ट लक्ष्मीप्रसाद देवकोटा सचिन तेन्दुलकर दीपिका पादुकोण क्षेत्रप्रताप अधिकारी नारायणगोपाल गुरूवाचार्य लियोनेल मेस्सी राजेश हमाल भीमसेन थापा मिला कुनिज अन्ना हजारे स्वामी विवेकानन्द मुकेश अम्बानी क्रिस्टियानो रोनाल्डो

विधा तथा भाषा

आयुर्वेद नेपाली भाषा मैथिली भाषा

सङ्घ तथा संस्था

दक्षिण एशियाली सहयोग सङ्गठन स्थानीय तह

पर्यटन

बृहत हिमालय पदमार्ग सगरमाथा चितवन राष्ट्रिय निकुञ्ज शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

इतिहास

सुगौली सन्धि नालापानीको युद्ध

समसामयिक

जलवायु परिवर्तन न्यायपालिका

खेलकुद

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूची