शल्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

शल्य महाभारतका एक पात्र हुन्। पाण्डवहरूका नहकुल र सहदेवकी आमा माद्रीका भाईको नाम "शल्य" थियो। शल्य मद्र देशका राजा देशका राजा थिए। महाभारत युद्धमा राजा शल्य कौरवको तर्फ भएर लडेका थिए। भारत युद्धको तयारी भै रहेको बेलामा राजा शल्य आफ्ना भान्जा पाण्डवको सहयोगी भएर लड्ने गरी फौँजहरू तयार गरेर मत्स्य नगर गैरहेका बेला कौरवहरूले शल्यलाई बसमा गर्नको निमित्त राजा शल्यको प्रतेक दिनको वास बस्ने ठाँउमा गास र वासको पूर्ण व्यवस्था गरि दिएका थिए। यो व्यवस्था देखेर राजा शल्यले यो व्यवस्ता पाण्डवहरूले नै गरेको हुनु पर्छ भन्ने भ्रममा परेर गास र वासको उपभोग गर्दै आए एक दिन राजा शल्यले त्यहाँ गास वासको ठाउँमा काम गर्ने मान्छेलाई यो व्यवस्था गर्ने मान्छेको माग पुरा गर्दिन्छु भनि सोधेको बेला उनलाई त्यहाँका मान्छेले यो व्यवस्था कौरवका राजा दुर्योधनद्वारा गरिएको हो भनेकाले राजा शल्यले दुर्योधनलाई बोलाएर सोधे अनी राजा दुर्योदनले भने -"मामा जी हजुरले हाम्रो तर्फ भएर युद्धमा हामीलाई सहयोग गर्नु पय्रो।" यती सुन्दा राजा शल्यले बाचा हारि सकेकाले युद्धमा कौरवको तर्फ भएर लड्ने बाचा गरे। त्यस पछि राजा शल्य पाण्डव भए ठाउँ गएर आफुले बाचा हारेको कुरा सुनाए। यो सुनेर पाण्डवहरूका जेठा भाई युधिष्ठीरले हाम्रो पनि एक काम गरिदिनुहोला भने तब राजा शल्यले हुन्छ भनि फर्के। भारत युद्धको सुरू हुनु भन्दा पहिले राजा युधिष्ठिर भिष्म, दोर्णाचार्य र राजा शल्य कहाँ भेट गर्न गएका थिए। त्यो बेला पनि राजा शल्यलाई आफ्नो काम गरि दिने कुरा दोहराएका थिए। त्यस पछि युद्धको क्रममा कर्णअर्जुनको युद्ध भएको बेला राजा शल्य कर्णको सारथी भएर काम गरेका थिए। यसै क्रममा शल्यले कर्णको तेजोबध (हौसला घटाउने काम) गरिदिएका थिए। यसैले कर्णको उत्साह घट्दै गएको थियो र अन्तमा अर्जुनले कर्ण वीरको बध गरेका थिए। कर्ण बध पछी पछि दुर्योधनले राजा शल्यलाई सेना पति बनाएका थिए। अंतमा राजा शल्यलाई युधिष्ठिरला युद्ध गरी मारेका थिए। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. शुब्बा होम नाथ केदार नाथको महाभारत