शाखा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

शाखा गोत्रसँग अत्यन्त निकटतम सम्बन्ध राख्ने विषय हो । शाखा, सूत्रप्रवर बिना गोत्रको अर्थ नरहने र परिचय नखुल्ने हुँदा गोत्रसँगै शाखा, सूत्र र प्रवरको पनि ज्ञान हुन जरुरी हुन्छ । वास्तवमा शाखा के हो ? शाखा र सूत्र किन एक अर्कासँग अनन्यायोश्रीत छन् ? यस विषयमा प्रष्ट हुन जरुरी छ ।[१]

शाखा परिचय

हिन्दु समाजमा व्याक्तिको परिचगय उसको पूर्खासँग जोडिएको हुन्छ । किनकी हरेक चिजको सुरुवात मुहान अर्थात जराबाट हुने हुँदा मानव समाजको परिचय पनि त्यसको जरासँग जोडिएको हुन्छ । समाजको मुहान वा जरा भनेकै उसको पूर्खा हो । हिन्दू दर्शन अनुसार पूर्खा पहिचान गर्ने सबै भन्दा वैज्ञानिक विधी भनेको गोत्र, शाखा, सूत्र र प्रवर हुन्। [१] यसरी हिन्दू समाजमा व्याक्तिको परिचय उसको गोत्रसँग र गोत्र व्याक्तिको प्राचिन पुर्खासँग जोडिएको हुन्छ । हिन्दु समाज वैद्धिक विधिअनुरुप सञ्चालन हुने समाज भएकोले हिन्दूहरूको प्राचिन धर्म ग्रन्थ वेदद्वारा नै हिन्दु समाजका हरेक पाटा पक्षहरू निर्देशित हुन्छन् । तसर्थ वेद विना हिन्दू समाजको कल्पना गर्न सकिदैन । यहाँ गोत्र र त्यससँग जोडिने शाखाको प्रसंग छ । वैद्धिक विधि अनुसार हिन्दु समाजलाई चार वेदहरू ( ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद ) का विभिन्न शाखाहरू अन्तर्गत विभक्त गरेको पाइन्छ । खासगरी ऋगवेद, सामवेद र यजुर्वेदका विभिन्न शाखाहरू अन्तर्गत प्राचिन हिन्दु समाजला बाँडिएको देखिन्छ । हरेक समाज वा वर्गलाई एक निश्चित शाखा अन्तर्गत राखिएको छ । खासगरी गोत्र सुरुवात गर्ने सप्तऋषिहरूलाई वेदका विभिन्न शाखा अन्तर्गत राखियो र उनका सन्ततीहरूले वेदको त्यही शाखाले निर्देशित गरे अनुसार मात्र सञ्चालित हुनुपर्ने विधी बसालिएको देखिन्छ । त्यही अनुरुप आफ्नो पुर्खाको भागमा परेको वेदको शाखाहरूलाई नै वर्तमानमा गोत्रसँग जोडिएर आउने शाखा भनिएको हो । [१]

विद्वानहरूको मत

शाखाको विषयमा जोन ब्रग नामक विद्वानले संस्कृतबाट गरेको आफ्नो पूस्तकमा लेखेका छन् :- " जिवनका हरेक अवसरहरू (जन्म, मृत्यु, विवाह आदी) मा गरिने धार्मिक कर्म गर्दा वेदको कुनै खास शाखाको मातहतमा रहेर सामाजिक कर्म गर्नु भनि वैद्धिक समयमा ब्राह्मणहरूलाई छुट्याइएको वेदको शाखा नै गोत्रको शाखा हो । "[१] अथवा वैद्धिक परम्परा अनुसार धार्मिक कर्म गर्दा वेदको कुनै खास शाखा अनुरुप रही काम गर्न ब्राह्मणहरूकालागी छुट्याइएको वेदको शाखा नै गोत्रको शाखा हो । माथिको जोन ब्रगको व्याख्याले दिएको आशय हेर्दा वैद्धिक समयमा विभिन्न ऋषिहरूका सन्तानहरूलाई आफ्नो वंशका धार्मिक सनातन कर्म गर्दा कुनै एक वेदको कुनै खास शाखाद्वारा निर्देशित भइ काम गर्न भाग लगाइएको वेदको शाखा नै त्यस गोत्रको शाखा हो भन्ने दर्शाउँछ । यस धारणामा सत्यता र यथार्थता देखिन्छ । यसैले हरेक गोत्रका व्याक्तिले आफ्नो वैद्धिक शाखा थाहा पाउन आवस्यक छ । वैद्धिक कालमा आ-आफ्नो भागमा परेका शाखाहरूले निर्देशित गरेका आधारमा नै त्यस गोत्रको मुल ऋषिहरू निर्देशित भए र उनिहरूले पनि आफ्नो सन्ततीहरूलाई निर्देशित गर्दै गए । यसरी गोत्रसँगै शाखा क्रमशः अघी बढ्दै गयो ।[१] वास्तवमा वेदका हरेक शाखाले जिवनका धार्मिक पक्षहरू तथा कर्मकाण्डका प्रकृयालाई अलग अलग रुपमा निर्देशित गरेको हुन्छ । सोही बमोजिम आफ्नो पुर्खाले अनुशरण गरेको वैद्धिक प्रक्रियालाई उसका भावि सन्तानहरूले पछ्याउँदै जाने र त्यही विधि अन्तर्गत रही काम कारवाही प्रचलनले वैद्धिक शाखाको महत्व बढाउँदै लगेको पाइन्छ । अर्को शब्दमा भन्नु पर्दा शाखाले गोत्रलाई प्रष्ट्याउने काम गर्छ । किनकी गोत्रको विकाशलाई नियाल्ने हो भने सुरुका सात ऋषिहरूबाट सुरू भएका सात गोत्र समयक्रमसँगै बढ्दै जानाले एक नामसँग मेलखाने दुइ वा दुइ भन्दा बढी गोत्र विकास हुन गएका छन् । त्यसैले उस्तै नाम भएको कुन चाहीं गोत्र आफ्नो हो भनि छुट्याउन आम जनसाधारणमा भ्रम पर्न जान्छ, यस्तो अवस्थामा गोत्रलाई प्रस्ट्याउने काम शाखाले गर्दछ । गोत्रको नाम जुधेपनि वा उस्तै देखिए पनि शाखा प्रस्टरुपमा अलग हुनेहुँदा शाखाले गोत्रलाई प्रस्ट्याउने काम गर्छ र शाखा विनाको गोत्र आधिकारिक मान्न सकिदैन ।[१]

वेदका शाखाहरू

हरेक वेदलाई विभिन्न शाखामा बाँडिएको छ । वेदका ति शाखाहरू यस प्रकार छन् ।[१]


क्र.सं. वेद शाखाहरू
ऋगवेद अस्वालायान, वासकल्या, कौशिताकी, मन्धुक्या, पैन्गी, साकला, शांख्यान
शुक्ल यजुर्वेद वाजसनेय काण्व शाखा ,वाजसानेयी माध्यन्दिन शाखा
कृष्ण यजुर्वेद काठक कठ, जवला कपिस्थल, मैत्रयानी, तैतिरिय
सामवेद भल्लवी, जैमिनीय, तल्कारीय, कौथुमीय,राणायनीय, सत्याषाडीय
अथर्वेद पैपलाद, शौनक

यसरी चार वेदलाई विभिन्न शाखाहरूमा बाँडिएको छ । सबै ४९ वटा गोत्रहरू यिनै शाखाहरू अन्तर्गत पर्दछन् । यिनै शाखाहरू अन्तर्गत पर्ने गोत्र समुदायहरू आफ्नो वैदिक कर्म यिनै शाखाहरूले निर्देशित गरे अनुरुप नै गर्दछन् ।

सन्दर्भ सूची

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ गौतम गोत्र एकता समाजद्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण पृष्ठ १७ - २० लेखक - राजेश कुमार बटाला

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्