शान्ति बस्नेत अधिकारि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

शान्ति बस्नेत अधिकारि

काठमाडौं, वसुन्धरा निवासी शान्ति बस्नेत अधिकारी समानुपातिकतर्फ नेकपा-एमालेका सभासद हुनुहुन्छ। विद्यार्थी राजनीति मार्फत २०३५ सालदेखि राजनैतिक जीवन शुरु गरेकी अधिकारी हाल एमाले केन्द्रीय सदस्य हुनुहुन्छ। स्वर्गीय मनमोहन अधिकारीकी बुहारी शान्ति बस्नेतले यसअघि मनमोहन प्रतिष्‍ठान (काठमाडौं)को संयोजक तथा एमाले क्षेत्रीय बुद्धिजीवी परिषदको संयोजक समेतको कार्यभार सम्हालिसक्नुभएको छ। राजनैतिका क्रममा उहाँ बेलाबखत पक्राउ पर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक अधिकारी एक छोरा, एक छोरीकी आमा हुनुहुन्छ। मानव अधिकार आन्दोलनप्रति रुचि राख्‍ने उहाँ समाजसेवाका कार्यमा समेत संलग्न रहँदै आउनुभएको छ। २०४२ सालदेखि देश बाहिर रहेकाले यसबीच केही वर्ष निम्ति आफ्नो राजनैतिक सक्रियता कम भएको बताउने अधिकारीले संविधानसभामा प्रमुखतासाथ उठाउने अठोट गरेका दुई मुद्दा हुन्- क. राज्यको पुनः संरचना गर्ने, ख. महिला हिंसा अन्त्य गर्न कानूनी व्यवस्था गर्ने।[१]

सन्दर्भ[सम्पादन गर्ने]