शान्ति माया तामाङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

शान्ति माया तामाङ

पुनर्स्थापित प्रतिनिधिसभामा नेकपा एमालेद्वारा मनोनित संसद शान्तिमाया तामाङ (पाख्रीन) संविधानसभामा समानुपातिकतर्फ सो पार्टीका सभासद हुनुहुन्छ। दोलखा, ठूलो पाताल निवासी २९ वर्षीया तामाङ विद्यार्थी अवस्थादेखि नै राजनीतिमा संलग्न हुँदै २०६० सालमा पार्टी संगठित सदस्य बन्नुभएको हो। अखिल नेपाल महिला सङ्घ केन्द्रीय सदस्य रहिसकेकी तामाङ हाल एमाले दोलखा जिल्ला सचिवालय सदस्य हुनुहुन्छ। समाजसेवामा रुचि राख्‍ने सभासद तामाङले व्यक्तिगत तवरमा र संघसंस्थाहरू मार्फत सामाजिक कार्यहरू गर्दै आउनुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट स्नातक शान्तिमाया तामाङ अध्यापन कार्यमा समेत आवद्ध रहनुभएको छ। सैद्धान्तिक निष्‍ठा र पार्टी कार्यप्रतिको लगनशीलताले आफूलाई संविधानसभामा पुर्‍याएको उहाँको आकलन छ। महिला र जनजातिले अरुसरह हक―अधिकार नपाएसम्म देश अगाडि बढ्न नसक्ने उहाँको विश्लेषण छ। सभासद तामाङ संविधानसभामा महिला, जनजाति र युवासँग सम्बन्धित मुद्दाहरूलाई प्रमुखतासाथ उठाउने बताउनुहुन्छ।[१]

सन्दर्भ[सम्पादन गर्ने]